+
+
Shares

नेपाली भलिबल टोलीको विदाइ, भोलि बंगलादेश जाने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १६:४०

४ पुस, काठमाडौं। डिसेम्बर २१ देखि बंगलादेशको ढाकामा हुने एसियन सिनियर महिला तथा पुरुष भलिबल च्याम्पियनसीप कपमा प्रतिस्पर्धा गर्न नेपाली महिला तथा पुरुष राष्ट्रिय टिम सोमबार बंगलादेश प्रस्थान गर्ने भएको छ ।

नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टिमलाई विदाइ गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले नेपाली टोलीलाई विदाइ गरे । महिलातर्फ ६ र पुरुषतर्फ ५ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिता राउण्ड रोविनका आधारमा खेलाइनेछ ।

महिलातर्फ आयोजक बंगलादेशसहित नेपाल, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् भने पुरुषतर्फ बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।

राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहेका दुई टोलीबीच फाइनल खेल हुनेछ । यस्तै लिगमा तेस्रो र चौथो हुने टिमबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।
प्रतियोगिताका लागि नेपालले एक महिना तयारी गरेको थियो।

एफआईभिबी कोचिङ सपोर्ट अन्तर्गत आएका नेदरल्याण्ड्समा हान अबिङले पुरुष टिमलाई प्रशिक्षण गराएका थिए भने जगदिश भट्टले महिला टिमलाई प्रशिक्षण गराएका थिए।

ईम राना मगरको कप्तानीमा पुरुष टिम र अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय महिला टिमको घोषणा भइसकेको छ। प्रतियोगिताको लागि नेपालले राम्रो तयारी गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए।

‘तयारी राम्रो छ। हाम्रो टार्गेट त दुवै टिमले गोल्ड मेडल जितोस् भन्ने चाहना हो ।’ महिला टिमले २०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणको उपाधि जितेको थियो । यस पटक नेपालले उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ।

यस्तै पुरुष टिमले यसअघि नेपालमै भएको पाँचौ संस्करणमा पदक जित्न सकेन । नेपाल घरेलु कोर्टमा पाँचौ भएको थियो।

घरेलु दबाबले गर्दा २०१९ मा पुरुष टिमले फाइनल पुग्ने लक्ष्य राखेपनि दुर्भाग्यवश सफल हुन नसकेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले बताए ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले उच्च मनाोलका साथ भलिबल खेल्दै खेल जितेर आउन भन्दै शुभकामना दिए ।

महिला टिमकी कप्तान अरुणा शाहीले उपाधि रक्षा गर्ने लक्ष्य रहेको बताईन् । यस्तै पुरुष टिमका कप्तान ईम राना मगरले कम्तीमा मेडल खेल्ने लक्ष्य रहेको सुनाए ।
महिला र पुरुष टिमसँगै कूल ३५ जनाको टोली बंगलादेश जानेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?