+
+

साफ यू-१९ महिला च्याम्पियनसीपको अन्तिम खेलमा भारतसँग नेपाल पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १८:११

४ पुस, काठमाडौं। बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसीप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ।

ढाकाका आइतबार भएको खेलमा भारतले नेपाललाई १-० ले पराजित गरेको हो। भारतका लागि ६७औं मपनेटमा प्रियंका देवीले निर्णायक गोल गरिन् ।
जितपछि भारत शीर्ष दुईमा स्थान पक्का गर्दै फाइनल प्रवेश गरेको छ।

नेपाल भने यस हारपछि फाईनल प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ। भारत चार खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपालकाे ७ अंक छ । एक खेल कम खेलेको बंगलादेशको पनि ७ अंक छ ।

बंगलादेशले आजै कमजोर टिमश्रीलंकासँग खेल्दैछ । उक्त खेलमा बंगलादेश पराजित भएमात्र नेपाल फाईनल पुग्न सक्छ । तर बराबरी वा जितले बंगलादेश फाईनल पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?