+
+

संसारकै पहिलो मोबाइल एसएमएस लिलामी हुँदै, सुरुवाती मूल्य पौने ३ करोड !

मोबाइल फोनमा विश्वमै पहिलोपटक गरिएको टेक्स्ट मेसेज अर्थात् एसएमएस अहिले पनि सुरक्षित छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १८:१८

४ पुस, काठमाडौं । मोबाइल फोनमा विश्वमै पहिलोपटक गरिएको टेक्स्ट मेसेज अर्थात् एसएमएस अहिले पनि सुरक्षित छ । आजभन्दा २९ वर्ष अघि सन् १९९२ मा प्रेषित गरिएको उक्त पहिलो टेक्स्ट मेसेजको अन्ततः लिलामी हुने भएको छ ।

डिसेम्बर २१ का दिन लिलामी हुन लागेको उक्त मेसेज भोडाफोन नम्बरमा पठाइएको थियो । भोडाफोनकै कर्मचारी निल पपवर्थले सन् १९९२ को डिसेम्बर ३ मा विश्वमै पहिलोपटक टेक्स्ट मेसेज पठाएका थिए। उक्त मेसेज १४ अक्षरको थियो ।

त्यस समय २२ वर्षको उमेरका पपवर्थले क्रिसमसको शुभकामनास्वरुप मेरी क्रिसमस लेखेर प्रेषित गरेका थिए । त्यस समय उनी भोडाफोनको सर्ट मेसेज सर्भिस (एसएमएस) विभागमा काम गरिरहेका थिए । उनले आफ्नै हाकिम अर्थात् भोडाफोनका निर्देशक रिचार्ड जार्विसलाई उक्त संसारकै पहिलो टेक्स्ट मेसेज पठाएका थिए ।

संसारकै पहिलो मोबाइल एसएमएसलाई फ्रान्सको एगट्स अक्सन हाउसको तर्फबाट लिलामी गरिँदैछ । उक्त मेसेजलाई क्रिप्टोकरेन्सीमा भुक्तानी गरेर समेत खरीद गर्न सकिनेछ । यसको सुरुवाती मूल्य झण्डै पौने ३ करोड रुपैयाँ राखिएको छ ।

स्मरण रहोस् भोडाफोनले एसएमएस सेवा सुरु गरेको एक वर्षपछि अर्थात् सन् १९९३ मा मात्रै नोकियाले एसएमएस सुरु गरेको थियो । एजेन्सीको सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?