+
+

एमसीसीका कारणले गठबन्धन टुट्दैन : कांग्रेस नेता लेखक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १८:४०

४ पुस, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण वर्तमान पाँच दलीय गठबन्धन नटुट्ने बताएका छन् ।

‘एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैन’ लेखकले अनलाइनखबरसंग भने । सत्तागठबन्धन भत्काउने शर्तमा एमसीसी पास गर्न एमाले तयार भएको सन्देश एमाले नेताहरुले कांग्रेसलाई दिइरहेका बेला नेता लेखकले यस्तो बताएका हुन् ।

कांग्रेस नेता लेखकले पाँच दलीय सत्ता गठबन्धनमा चुनौतीहरु आए छलफलबाट व्यवस्थापन गरिनुपर्ने पनि उल्लेख गरे । उनी भन्छन्, ‘सत्ता गठबन्धन भत्किहाल्ने स्थिति छैन, भत्किनु पनि हुँदैन । केही चुनौतीहरु भए पनि त्यसलाई सामना गरेर छलफल सरसल्लाहबाट व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ ।’

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा छलफल पनि भएको थियो । बैठकले एमसीसी अगाडि बढाउने वा नबढाउने विषयमा ठोस निष्कर्ष निकाल्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?