+
+

एमालेको संसद अवरोध सर्वोच्चको फैसला विपरीत : अध्यक्ष नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १८:४६

४ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) ले सर्वोच्च अदालतको फैसला विपरीत संसद अवरुद्ध पारिरहेको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरीत एमालेले त्यतिबेला एमालेमा आफूहरुलाई कारबाही गरेको र त्यसले मान्यता नपाएपछि संसद अवरुद्ध पारिरहेको आरोप लगाए ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली अदालतको सो फैसलालाई मान्ने पक्षमा नरहेको समेत बताए ।

उनले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको तर्कसमेत गरे । एमालेले त्यतिबेला आफूहरुलाई गरेको कारबाहीको विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यस विषयमा संसदमा छलफल गर्न नपाइने पनि अध्यक्ष नेपालले बताए ।

‘अदालतमा विचाराधीन मुद्धाहरुमाथि बहस गर्न पाइँदैन । छलफल गर्न पाइँदैन संसदमा । ती विषय संसदमा ल्याउन पाइदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ । त्यही ठूल्ठूला स्वरले कराइरहेको, चिच्याइरहेको सुनिन्छ । नेपालीमा एउटा उखान छ–जो चोर उसैको ठूलो स्वर’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?