+
+

महिला केन्द्रीय सदस्यमा डिला संग्रौलालाई अग्रता, आरजु तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १३:४०

५ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतगणना अन्तर्गत सोमबार विभिन्न क्लस्टर र क्षेत्रका केन्द्रीय सदस्य पदको उम्मेदवारको मतगणना भइरहेको छ ।

महिलाको खुला केन्द्रीय सदस्य पदमा १३६४ मत गणना हुँदा ८२५ मत ल्याएर डिला संग्रौला पहिलो स्थानमा छिन् ।

पुष्पा भुसाल ८०२ मत सहित दोस्रो, आरजु राणा ७२८, अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाएका छन् । खुलातर्फको महिलामा ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

महिलातर्फका खुला केन्द्रीय सदस्यको मतगणना आइतबार नै शुरु भएको थियो । सोमबार बिहानदेखि मधेशीतर्फका महिला र पुरुष, थारुतर्फका महिला र पुरुष, मुस्लिम तर्फका महिला र पुरुष, प्रदेश १ र वागमती प्रदेशको केन्द्रीय सदस्य पदको मतगणना भइरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?