+
+
Shares

कमजोर भिजिबिलिटीका कारण खोप बोकेको चिनियाँ विमान अवतरण नगरी फर्कियो

चीनबाट कोभिड-१९ विरुद्धको खोप लिएर आएको विमान अवतरण नै नगरी चीन फर्किएको छ । स्वास्थ्य सेवा विभागको खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाका अनुसार उक्त विमानमा १२ लाख १६ हजार डोज भेरोसेल खोप आउँदै थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १४:४५
फाइल तस्वीर

५ पुस, काठमाडौं । चीनबाट कोभिड-१९ विरुद्धको खोप लिएर आएको विमान अवतरण नै नगरी चीन फर्किएको छ । बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने विमान कमजोर भिजिबिलिटीका कारण चेङ्दु फर्किएको त्रिभुवन विमानस्थलको कार्यालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागको खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाका अनुसार उक्त विमानमा १२ लाख १६ हजार डोज भेरोसेल खोप आउँदै थियो ।

‘भिजिबिलिटीका कारण प्राविधिक रुपमा विमान अवतरण गर्नु जोखिमयुक्त हुने देखिएपछि विमान चेङ्दु फर्किएको हो,’ विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘फेरि विमान चेङ्दुबाट नेपाल आउने तयारीमा छ ।’

उनकाअनुसार बिहान त्रिभुवन विमानस्थलमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी निकै कमजेर थियो । अहिले भने सबै खालका उडान अवतरण नियमित रुपमा चलिरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?