+
+

सामसुङको ग्यालेक्सी एस२२ आउँदै, १०८ मेगापिक्सेलको क्यामरा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १४:३४

५ पुस, काठमाडौं। दक्षिण कोरियाको अग्रणी इलेक्ट्रोनिक्स् कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजका दुई नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

सामसुङका ग्यालेक्सी एस २२, एस २२ प्लस र ग्यालेक्सी एस २२ अल्ट्रा निकट भविष्यमै सार्वजनिक हुनेछन् ।

समाचार अनुसार हालै सामसुङ ग्यालेक्सी एस २२ का तस्वीर सुरुमा चिनिया सोसल साइट भिभोमा शेयर गरिएको छ । लोकप्रिय टिपस्टर आइस युनिभर्सको विबो तथा अन्य सोसल मिडिया अकाउन्टबाट ग्यालेक्सी एस २२ का तस्वीर तथा विभिन्न तथ्य सार्वजनिक भएको हो ।

जस अनुसार ग्यालेक्सी एस २२ अल्ट्रामा पछिल्लो भागमा चारवटा मूख्य क्यामरा अर्थात् क्वाड क्यामरा सेटअप हुनेछ । जसमा मूख्य क्यामरा १०८ मेगापिक्सेलको हुनेछ ।

त्यस्तै १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा, १० मेगापिक्सेलको १० गुणा जूम सहितको टेलिफोटो क्यामरा र १० मेगापिक्सेलको ३ गुणा जूम सहितको अर्को टेलिफोटो क्यामरा हुनेछन् ।

सार्वजनिक तस्वीर अनुसार एस २२ को डिजाइन ग्यालेक्सी एस २१ सँग मिल्दोजुल्दो छ । फोनमा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । सामसुङ ग्यालेक्सी एस २२ मा क्वालकोम स्नापड्रागन ८ जेन १ चिपसेट रहनेछ ।

यो सबैभन्दा पछिल्लो तथा शक्तिशाली स्मार्टफोन प्रोसेसर हो । यसका साथै एस २२ मा एचडी डिस्प्ले तथा ट्रिपल क्यामरा सेटअप हुनेछ । जसमा मूख्य क्यामरा ५० मेगापिक्सेलको हुनेछ भने १२ मेगापिक्सेलको अल्ट्रावाइड र टेलिफोटो क्यामरा १० मेगापिक्सेलको हुनेछ ।

सामसुङले यो वर्ष सन् २०२१ को सुरुवातमा ग्यालेक्सी एस २१ सार्वजनिक गरेको थियो । एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा काम गर्ने एस २१ को स्क्रिन रिजोलुसन १०८० गुणा २४०० पिक्सेल छ । एस २१ मा एक्जिनोस २१०० प्रोससर छ ।

त्यस्तै एस २१ मा रहेको ट्रिपल रियर क्यामरा सेटअपमा एउटा १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स, अर्को १२ मेगापिक्सेलको सेकेन्डरी लेन्स र तेश्रो ६४ मेगापिक्सेलको टेलिफोटो लेन्स रहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?