+
+

एमसीसी आर्थिक सहयोगको विषय मात्र बनोस् : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १४:५४

५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) बारे साझा धारणा बनाउन प्रयास भइरहेको बताएका छन् ।

समाजवादी प्रेस संगठनले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले सैन्य गठबन्धनमा समोवश गर्ने कुरा स्वीकार गर्न नसकिने बताए ।

‘एमसीसीसँग जोडिएकाहरुले गठबन्धनको अंग होइन भनेर प्रष्ट पार्न कोसिस गरेका छन्’ उनले भने, यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरुसँग असर पर्ने नहोस् ।’

एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दलहरुले तीन नेतालाई जिम्मेवारी दिएको भन्दै उनले देश हितको रक्षा गरेर अगाडि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?