+
+

टेलिकमको सजिलो अनलिमिटेड प्याक, यस्ता छन् विशेषता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १७:३५

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ ल्याएको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभर नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने सुविधाका कारण यो प्याक लोकप्रिय बन्दै गएको कम्पनीको दावी छ ।

कम्पनीका अनुसार प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभर ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा एड अन प्याक समेत खरिद गरी चलाउन सक्दछन् ।

‘सजिलो अनलिमिटेड प्याक’ अन्तर्गत पोस्टपेडमा रु. ५९९, रु. ७९९, रु. ९९९ र रु. १४९९ का प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुने कम्पनीले बताएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर अन्तर्गत जम्मा रु. ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर अन्तर्गत जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिन्छ ।

कम्पनीका अनुसार सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर अन्तर्गत जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।

उल्लेखित सबै प्याक लिँदा जीएसएम पोस्टपेडमा लागू हुने रेन्टल चार्जवापतको रु. ३८४ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु *1415# डायल गरी प्राप्त निर्देशन अनुसार वा सहज रुपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

एड अन प्याक खरिदको सुविधा

नेपाल टेलिकमले सस्तो दरको एड अन प्याक खरिद योजना समेत ल्याएको छ । कम्पनीका अनुसार माथि उपलब्ध प्याकेज अनुसार प्रतिदिन १ जीबी, २ जीबी र ४ जीबी प्रयोग गर्न सकिने डाटा सकिएमा प्याकेजको बाँकी अवधिभरीका लागि सस्तो दरको एड अन प्याक खरिद गर्न सकिन्छ । यस अन्तर्गत रु. २९९ मा प्रतिदिन १ जीबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डाटा सेवा एड अन प्याक को रुपमा खरिद गर्न सकिन्छ ।

प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा ६४ केबीपीएसको निःशुल्क अनलिमिटेड डाटा सेवा भने उपलब्ध नै हुनेछ । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा रु. ३० मा १ जीबी, रु. ४० मा २ जीबी र रु. ५० मा ३ जीबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याक कै रुपमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जीबी प्रयोग गर्न सकिने ३० जीबी डाटा सेवाको प्याक रु. ५९९ मा खरिद गर्न सकिन्छ । यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा रु. २९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सकिन्छ ।

कम्पनीका अनुसार यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा प्याकेजको बाँकी अवधिभर निःशुल्क उपलब्ध हुनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा रु. ३० मा १ जीबी, रु. ४० मा २ जीबी र रु. ५० मा ३ जीबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याक कै रुपमा खरिद गर्न सकिन्छ ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याकमा जम्मा रु. ५९९ मा प्रतिदिन १ जीबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डाटा उपलब्ध हुनेछ ।

यो प्याक लिएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सकिन्छ ।

यो सेवा प्रयोग गर्नका लागि *1415# डायल गरी दिइएको निर्देशन अनुसारको प्याक छान्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकम एपबाट पनि यो सुविधा लिन सकिने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?