+
+

‘सप्तरंग’मा झुम्यो धनगढी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते ११:३८

६ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ‘टीभीएस रेडर सप्तरंग-३’ सम्पन्न भएको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनामा सातवटै प्रदेशमा सञ्चालन गर्ने तालिकाअनुसार सोमबार धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा कार्यक्रम गरिएको हो ।

नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रमको समन्वयमा आयोजित कार्यक्रममा सांगीतिक मनोरञ्जन लिन ठूूलो संख्यामा मानिसहरु कार्यक्रमस्थलमा पुगेका थिए ।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गरेको कार्यक्रममा अभिनेता राजेश हमालदेखि चर्चित राष्ट्रिय कलाकारले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

पुसको कठ्यांग्रिँदो चिसोको समेत पर्वाह नगरी दर्शकलाई गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन अमात्य, अस्मिता अधिकारी, नेपाल आइडल सिजन २ का विजेता रवि ओड लगायतका कलाकारले मनोरञ्जन गराए ।

आयोजक गृष्मा ब्रोडकास्टिङले तेक्वान्दो खेलाडी एवं ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टलाई सम्मान पनि गरेको थियो । यसअघि दिउँसो धनगढीको ट्राफिक चौराहाबाट र्‍याली पनि निकालिएको थियो ।

२४ मंसिरदेखि काँकडभिट्टाबाट शुरु भएको सप्तरंग-३ पुस ९ गते पोखरामा समापन गरिने आयोजक गृष्मा ब्रोडकास्टिङ प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए ।

तस्वीर सौजन्य : डिल्लीराज ओझा ‘समर्पण’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?