+
+
Shares

मिलन पाण्डे पक्षद्वारा विवेकशील साझा पार्टी सुदृढीकरण अभियान घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १२:१९

६ पुस, काठमाडौ । विवेकशील साझा पार्टीमा संयोजक मिलन पाण्डे पक्षले विवेकशील साझा पार्टी सुदृढीकरण अभियान घोषणा गरेको छ । पाण्डेको अध्यक्षतामा अभियानको २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गलत बाटोमा लगेको बताउँदै ‘मुल बाटो’मा फर्काउन अभियान घोषणा गरिएको पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टले बताए । उनले भने, ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र-२०७७’ र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ हुनेछ।’

अभियानमा पार्टीका प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतम, सचिव अमित पाठक, रवीन्द्र उपाध्यायलगायत सदस्य छन् । बाँकी १७ सदस्य दोस्रो चरणमा घोषणा गर्ने भनिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?