+
+

भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीनबुँदे सहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १९:५१

६ पुस, काठमाडौं । राष्ट्रिय भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीनबुँदे सहमित भएको छ ।

सहमितसँगै चितवनको माडी नगरपालिका–९ बाँदरझुलाका जनताको लालपूर्जा प्राप्तिको आन्दोलन स्थगित गर्ने सहमति भएको संघर्ष समितिका जगराम प्रजाले जानकारी दिए ।

भूमि आयोगले बाँदरझुलामा फागुन मसान्तसम्म लगत संकलन र जग्गा नापजाँचको सूचना प्रकाशित गर्ने र लगत संकलनको निवेदन दिएकै दिन जग्गा नापजाँचको निस्सा वितरण गर्ने पहिलो सहमित भएको छ ।

यस्तै बाँदरझुलामा विद्युतीकरणको काम छिटो अघि बढाउने सहमति पनि भएको छ । विद्युतीकरणका लागि बजेट समेत विनियोजन भइसकेको अवस्थामा निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन विद्युत प्राधिकरणलाई अनुरोध गर्ने, भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा सहयोगका लागि अनुरोध गर्ने सहमति भएको छ ।

यसैगरी सरल, सहज र सुलभ रुपमा खेती गर्नका लागि ट्याक्टर प्रयोग गर्न पाउने वातावरण बनाउन वन तथा वातावरण मन्त्रालयलाई तत्काल पत्राचार गर्ने सहमति भएको छ ।

तीन दशकको अवधिमा धेरै राजनीतिक परिवर्तन भएर व्यवस्था फेरिए पनि बाँदरझुलाका बासिन्दाको समस्या समाधान नभएपछि लालपूर्जा प्राप्तका लागि दबाव दिन उनीहरु आइतबार काठमाडौं आएका थिए ।

आइतबार काठमाडौंमा आएर प्रदर्शन गरेका उनीहरुले सोही दिनदेखि माइतीघरमण्डलामा अनिश्चितकालीन रिलेअनशन शुरु गरेका थिए ।

हेर्नुहोस् सहमतिपत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?