+
+

चक्रपथको दोस्रो खण्ड विस्तारबारे चिनियाँ टोलीको स्थलगत अध्ययन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १५:४४
फाइल तस्वीर

६ पुस, काठमाडौं । चिनियाँ प्राविधिक टोलीले काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको स्थलगत अध्ययन गरेको छ । गत हप्ता चीनको आधिकारिक प्राविधिक टोली विस्तारको तयारीमा रहेको चक्रपथका विभिन्न स्थानमा पुगेर स्थलगत अध्ययन गरेर फर्किएको हो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार टोलीले केही समयभित्र साइटको अवस्था र डिजाइनसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चिनियाँ दूतावासमार्फत नेपाललाई पठाउनेछ ।

‘चिनियाँ प्राविधिक टोलीले साइटमा गएर काम गर्न सकिने/नसकिने र साइट क्लिेयरेन्सको यथार्थ अवस्थाको जानकारी लिएको छ,’ मन्त्रालयका ती अधिकारी भन्छन्, ‘साइटका समन्दर्भमा रहेका कतिपय द्विविधाबारे पनि चिनियाँ टोलीले सडक विभागका अधिकारीसँग छलफल गरेर टुंगो लगाएको छ ।’

अब त्यसकै आधारमा चक्रपथलाई ८ लेनमा विस्तारको जिम्मा लिएको चीन सरकारले प्रस्तावित डीपीआर सडक विभागलाई पठाउनेछ । विस्तारको काम अघि सडक विभाग बढाउन आतुर रहेपनि अहिलेसम्म आयोजनाको डिजाइन नै विभागको हातमा नआइपुग्दा काम अघि बढ्न सकेको छैन ।

सडक विभागले गत वर्ष नै अर्थमन्त्रालयमार्फत पत्र लेख्दै चीनलाई चक्रपथ विस्तारको काम अघि बढाउन आग्रह गरेको थियो । तर, चिनियाँ पक्षले साइट क्लियर नभइ निर्माण अघि बढाउन नसकिने जवाफ दिएको थियो ।

महामारीका कारण पनि चिनियाँ प्राविधिक तथा निर्माण टोली नेपाल आउन ढिलाइ भएको थियो । ११.६ किलोमिटरको यो खण्ड ८ लेनमा विस्तार गर्न चीन सरकारले नै ठेकदार छनोट गरेर पठाउनुपर्छ ।

पूर्वतयारीमा चीनको प्रश्न

गत हप्ताको निरीक्षणपछि साइटबारेको अन्योल स्पष्ट गरेकाले चीनको निर्माण टोली नेपाल आउने अपेक्षा सडक विभागका अधिकारीहरुको छ । गत हप्ता स्थलगत निरीक्षणका क्रममा चिनियाँ टोलीले विभिन्न स्थानमा दायाबाँयाँ ५० मिटर क्लियर नभएकोबारे जिज्ञाशा राखेको थियो । त्यसबारे स्पष्ट गरिएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

चक्रपथ विस्तारको पूर्वतयारीको काम लगभग सकिएपनि महाराजगञ्जमा २४० मिटर खण्डको क्षेत्रको मुआब्जा विवाद टुंगिएको छैन । सडक विभागले भने यी घर र जग्गाको यसअघि नै मुआब्जा वितरण भइसकेको हुन सक्ने भन्दै त्यसको पुष्ट्याइँ खोजिरहेको छ । स्वयम्भू क्षेत्रको धार्मिक सम्पदा भत्काउने/नभत्काउने विषयमा अन्योल कायमै छ । बालाजुमा प्रसारणलाइनको टावर सार्ने काम पनि बाँकी छ ।

यि विषयहरु छ्टिै टुंगो लाग्ने भएकाले काम अघि बढाउन सडक विभागले चीन सरकारलाई आग्रह गर्दै आएको छ । चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो ।

सरकारले २०७६ पुस १८ गते यो खण्डको सडक सीमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो । तर, साइट क्लियरेन्समा ढिलाइ भएपछि काम अघि बढाउन चीनले आनाकानी गर्दै आएको छ ।

कस्तो बन्ला दोस्रो खण्ड ?

पछिल्ला दिनमा सडक सुरक्षा विज्ञ, साइकल प्रवद्र्धनका अभियन्ता, नागरिक समाज र सर्वसाधारणले विस्तारको तयारी अघि बढ्दा पनि सडकको डिजाइन सार्वजनिक हुनुपर्ने भन्दै आलोचना गरिरहेका छन् । चक्रपथको कलंकी–सातदोबाटो–कोटेश्वर खण्डजस्तै त्रुटिपूर्ण र अव्यवहारिक रुपमा दोस्रो खण्ड पनि विस्तार गरिने आशंका उनीहरूलाई छ ।

चीनले चिनियाँ भाषामा तयार पारेको डीपीआर अंग्रेजीमा अनुवाद गरेर पठाउने आश्वासन दिएको छ । तर, अहिलेसम्म सडक विभागका अधिकारीले नै डिजाइन देख्न पाएका छैनन् । अध्ययनका क्रममा विभागले चीनलाई चक्रपथलाई व्यवहारिक, वैज्ञानिक र सवारी तथा पैदलयात्रुमैत्री बनाउन विभिन्न सुझाव भने दिएको छ ।

चीनका तर्फबाट डीपीआर आएपछि त्यसबारे सुझाव लिएर परिमार्जनसहित निर्माणको काम अघि बढाउने योजना छ । मुख्य रुपमा क्रसिङ र चोकहरुमा सहजै सवारी वारपार गर्न सक्ने गरी व्यवस्थित गर्न ध्यान दिइने विभागले जनाएको छ ।

विस्तारित कलकी–सातदोबाटो कोटेश्वर खण्डमा चीन सरकारले दिएको डिजाइन नै स्वीकृत गर्दा अनेकन प्राविधिक त्रुटि देखिएका थिए । अब त्यो त्रुटि नदोहो¥याउन आवाज उठेकाले चिनियाँ टोलीको भ्रमणलाई सरकारले गोग्पय राख्न प्रयास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?