+
+

हङकङको चुनावपछि आरोप-प्रत्यारोपमा उत्रिए चीन र पश्चिमा मुलुक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १८:०७

६ पुस, काठमाडौं । भर्खरै सम्पन्न हङकङको विधान परिषद् चुनावपछि चीन र पश्चिमी मुलुक आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।

हङकङमा दुई दिनअघि भएको विधान परिषद् चुनावपछि चीन र पश्चिमी मुलुक आरोप-प्रत्यारोपमा उत्रिएका हुन् ।

अमेरिका र बेलायतसहितका मुलुकले चुनावी नतिजालाई निन्दा गरेका छन् । बेइजिङले लादेको नियमका कारण प्रत्यक्ष निर्वाचित हुने सदस्यको संख्या घटेको र चुनावमा उठ्ने उम्मेदवारमाथि नियन्त्रण गरेका कारण लोकतन्त्रको क्षयीकरण भएको भन्दै उनीहरूले चुनावी परिणामलाई निन्दा गरेका हुन् ।

सोमबार अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डका विदेशमन्त्रीले चीनद्वारा लादिएका नयाँ चुनावी नियमका कारण ‘अर्थपूर्ण प्रतिपक्ष सखाप’ पारेको पनि बताए ।

त्यस्तै, अति विकसित मुलुकको संगठन जी-७ का विदेश मन्त्रीले विधान परिषद् चुनावपछि हङकङको निर्वाचन प्रणालीभित्र रहेको ‘लोकतान्त्रिक विशेषता’ हराएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

चीनले उम्मेदवारको जाँच गर्ने नियमका कारण बेइजिङ पक्षीय उम्मेदवार मात्रै छनौट हुने अवस्था सिर्जना भएको र यसले हङकङको स्वायत्तता कमजोर भएको जी-७ मुलुकका विदेशमन्त्रीको भनाइ छ।

तर चीनले भने पश्चिमी मुलुकको आलोचनाप्रति कडा प्रतिक्रिया जनाउँदै उनीहरूले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ । मंगलबार बिहान अष्ट्रेलियास्थित चिनियाँ दूतावासले सत्यलाई बङ्ग्याउन खोजेको र आन्तरिक मामिलामा हस्तक्षेप गरी चिनियाँ विकासमा अवरोध गर्न खोजेको आरोप लगाएको छ ।

‘हङकङ चीनको हङकङ हो’, चिनियाँ दूतावासले भनेको छ । बेइजिङ र हङकङका अधिकारीले ‘हङकङको समृद्धि र स्थिरता सुनिश्चित गर्न राम्रोसँग जानेको’ पनि दूतबासको भनाइ छ ।

त्यस्तै दूतावासले विधान परिषद् चुनाव ‘निष्पक्ष, समतामूलक र खुला’ भएको र हङकङका सबै समुदायले चुनावको समर्थन गरेको भन्दै चुनावी परिणामको बचाउ गरेको छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?