+
+

कांग्रेस केन्द्रीय सदस्यमा एक मतले हारे पूर्वमन्त्री थानी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १९:१४

६ पुस काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री हृदयराम थानी पराजित भएका छन् । उनी एक मतले केन्द्रीय सदस्यमा पराजित भएका हुन् ।

१३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित थानी यसपटक सोही पदमा पराजित भएका हुन् । उनी कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार थिए । दुई सिटका लागि भएको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

केन्द्रीय सदस्यमा विजयी राजीव विक्रम शाहले २८२० मत पाए भने अर्का विजयी उम्मेदवार कर्णबहादुर बुढाले २२०० मत पाए । थानीले २१९९ मत पाए ।

कर्णालीबाट केन्द्रीय सदस्य पदमा महिला एक सिटका लागि भएको निर्वाचनमा संस्थापन समूहकै जानकी सिंह विजयी भएकी छन् । उनले २६२४ मत पाइन् भने संस्थापनइतर समूहकी उम्मेदवार मैना कार्कीले १९५५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?