
७ पुस, चितवन । चितवनको रामनगरस्थित सामुदायिक वन क्षेत्रमा चितुवा मृत फेला परेको छ । डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार रुखमा च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको हो ।
रामनगरबाट ठिमुरा जाने सडक नजिक रुखको कापोमा घाँटी च्यापिएको अवस्थामा चितुवा मृत देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए ।
चितुवा एक साताअघि नै रुखको कापमा च्यापिएको हुनसक्ने अनुमान वन कार्यालयको छ । बाघ वा अन्य कुनै चिजलाई देखेपछि भाग्न खोज्दा चितुवा रुखको कापोमा परेको र त्यहाँबाट उम्किन नसक्दा मृत्यु भएको हुनसक्ने सूचना अधिकारी खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4