
७ पुस, काठमाडौं । हिमालयन डिष्टिलरीले शेयरधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुका लागि गत वर्षको सञ्चित मुनाफाबाट शतप्रतिशत लाभांश घोषणा गरेको हो ।
मंगलबार अपराह्न बसेको कम्पनीको सञ्चालक समितिले ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी १०० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले लाभांश पारित गर्न पुस २८ गते बुधबार रजिष्टर्ड कार्यालय वीरगञ्ज पर्सामा साधारण सभा आह्वान गरेको छ । सभाका लागि कम्पनीले पुस १६ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ । १५ गतेसम्म कायम शेयरधनीहरुले घोषित लाभांश पाउनेछन् ।
यस कम्पनीको शेयर मूल्य मंगलबार २ प्रतिशतभन्दा धेरैले बढेर ६ हजार ५ सय २८ रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4