+
+

जनवरीदेखि नि:शुल्क कोभिड परीक्षण गर्ने बाइडनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते ११:३४

७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले जनवरीदेखि अमेरिकीहरूको नि:शुल्क कोभिड परीक्षणका लागि ५० करोड द्रुत परीक्षण किट खरिद गर्ने घोषणा गरेका छन् ।

मंगलबार ह्वाइट हाउसमा बोल्ने क्रममा राष्ट्रपति बाइडेनले ५० करोड द्रुत कोभिड-१९ परीक्षण किट (र्‍यापिड कोभिड-१९ टेस्ट) खरिद गरी अमेरिकीहरूलाई नि:शुल्क वितरण गरिने योजना सार्वजनिक गरेका छन् । अमेरिकामा नयाँ ओमिक्रोन भेरियन्ट तीव्र फैलिइरहेका बेला उनले नि:शुल्क कोभिड परीक्षण योजना घोषणा गरेका हुन् ।

बाइडेनले खोप नलगाएका लाखौं मानिसले आफू र आफ्ना प्रियजनलाई जोखिममा पारेको भन्दै खोप लगाउनसमेत आग्रह गरेका छन् । खोप लगाउने कार्य सबै नागरिको ‘देशभक्तिपूर्ण कर्तव्य’ भएको पनि उनको भनाइ थियो ।

त्यस्तै, बाइडेनले भ्रामक सामग्री प्रचार गरेर मानिसलाई खोप लगाउन निरुत्साहित गरेको भन्दै सामाजिक सञ्जाल एवं टेलिभिजन सञ्चालकको आलोचनासमेत गरेका छन् ।

नयाँ ओमिक्रोन भेरियन्टबारे सबै चिन्तित हुनु पर्ने तर संभावित अवस्थाका लागि अमेरिका तयार रहेको पनि बाइडेनको भनाइ थियो । ‘यो २०२० को मार्च होइन’, उनले भने, ‘२० करोड मानिसले पूर्ण खोप लगाएका छन् र हामी तयारी अवस्थामा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?