+
+

स्थगित भएको ‘मिस वर्ल्ड’को फिनाले मार्च १६ मा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १३:३७

७ पुस, काठमाडौं । विश्वकै चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’को फिनाले कोरोनाका कारण आयोजना हुन सकेन । फिनालेको एक दिनअघि आयोजकले कार्यक्रम स्थगित गरेको  थियो । प्रतिस्पर्धी र आयोजक टिमका सदस्यहरुमा कोरोना संक्रमण भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

तर, अब यो कार्यक्रमको नयाँ मिति सार्वजनिक गरिएको छ । आयोजकले जारी गरेको विज्ञप्तिमा आउँदो वर्षको मार्च १६ तारिखमा यो कार्यक्रम आयोजना हुनेछ ।

आयोजकले विश्वभरका प्रतिस्पर्धीहरुले मार्च १६ अर्थात् चैत २ गते अमेरिकामा प्रतिस्पर्धा गर्ने बताएको छ । कार्यक्रम स्थगित भएपछि मिस नेपाल नम्रता श्रेष्ठ पनि स्वदेश फर्किसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?