News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन शनिबार भियतनामतर्फ प्रस्थान गरेकी छन्।
- लुनाले पर्वतको फलेवासको दुना टपरी, शिक्षा र स्वास्थ्यका प्रोजेक्टलाई ब्यूटी विथ पर्पसको रुपमा प्रस्तुत गर्ने भएकी छन्।
- मिस नेपाल लुइँटेलले मुलुकको शीर उँचो बनाउन आफूले सक्दो प्रयास गर्ने र आफू उत्साहित रहेको बताइन्।
काठमाडौं । ‘मिस वर्ल्ड’ प्रतियोगितामा सहभागी हुन ‘मिस नेपाल वर्ल्ड २०२५’ लुना लुइँटेल शनिबार भियतनामतर्फ प्रस्थान गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई द हिडन ट्रेजरका पदाधिकारीले बिदाइ गरे ।
१२० देश र क्षेत्रका सुन्दरीले प्रतिस्पर्धामा भाग लिँदैछन् । त्यसतर्फ लाग्नुअघि ‘मिस नेपाल’ लुइँटेलले मुलुकको शीर उँचो बनाउन आफूले सक्दो प्रयास गर्ने र आफू उत्साहित रहेको बताइन् ।
द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले लुनाको सहभागितालाई लिएर आफूहरू उत्साहित र आशावादी रहेको बताए । त्यसतर्फ जानुअघि लुनाले नेपाल र भारतमा फास्ट-ट्रयाक विधालाई लक्षित गर्दै प्रशिक्षण लिइरहेकी थिइन् ।

सन् २०२५ को ब्याचका सुन्दरीमध्ये लुनामात्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन लागेको अन्तिम सुन्दरी हुन् । मिस नेपाल इन्टरनेसनल र कस्मोले गतवर्ष नै भाग लिइसकेका छन् ।
यसवर्षको मिस वर्ल्डमा लुनाले पर्वतको फलेवासको दुना टपरी, शिक्षा र स्वास्थ्यका प्रोजेक्टलाई ‘ब्यूटी विथ पर्पस’ प्रोजेक्टको रुपमा प्रस्तुत गर्दैछिन् । मिस नेपाल २०२६ दीपमाला ढकालले चाहिँ सन् २०२७ मा तान्जानियामा हुने प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।

प्रतिक्रिया 4