News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालकी लुना लुइँटेल मिस वर्ल्डको ‘ब्यूटी विथ पर्पस’ विधामा एसिया तथा ओसियानातर्फको फाइनलिस्ट बनेकी छन् ।
- यो विधामा बंगलादेश, मलेसिया, फिलिपिन्स, श्रीलंका र भियतनामका प्रतियोगी पनि फाइनलिस्ट छन् ।
- लुनाले पर्वतको फलेवासस्थित दुना टपरी परियोजना प्रस्तुत गरेकी छन् ।
काठमाडौं । नेपाल भियतनाममा जारी मिस वर्ल्ड प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’को एसिया तथा ओसियानातर्फको फाइनलिस्ट बनेको छ ।
एसिया महादेशको फाइनलिस्टमा नेपालकी लुना लुइँटेलसहित बंगलादेश, मलेसिया, फिलिपिन्स, श्रीलंका र भियतनामका प्रतियोगी पनि छन् ।
सामाजिक परियोजनालाई प्रस्तुत गरिने यो विधामा नेपाल अघिल्ला संस्करणदेखिकै दाबेदार हो । मिस नेपाल लुनाले यसपटक पर्वतको फलेवासस्थित दुना टपरी परियोजना प्रस्तुत गरेकी छन् ।
अब यो विधा जित्नको लागि नेपालले आफ्नो महादेशको समूहको विजेता बन्नुपर्नेछ । त्यसपछि प्रत्येक महादेशबाट जितेर आएकालाई उछिन्नुपर्ने हुन्छ ।
यसअघि केहीपटक यो विधा जितेकाले पनि नेपाल ब्युटी विथ पर्पस विधाको दाबेदारको रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4