+
+

कांग्रेसको प्रदेश-२ समितिमा पाँच जना सदस्य निर्विरोध निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १४:५८

७ पुस, जनकपुरधाम। नेपाली कांग्रेस प्रदेश-२ समितिको जारी अधिवेशनमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार खुल्लातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमला देवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन शुरु हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट कृष्ण यादव र विमलेन्द्र निधि तथा शेखर कोइरालाको संयुक्त टिमबाट रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?