+
+

राजेन्द्र राउत बने प्रदेश-१का मुख्यमन्त्रीको आर्थिक सल्लाहकार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १५:१५

७ पुस, विराटनगर। विराटनगरका उद्योगी राजेन्द्र राउतलाई प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष रहेका राउतलाई बुधबार आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् ।

भोजपुरमा जन्मिएका ५८ वर्षीय उद्योगी राउत व्यावसायसँगै सामाजिक क्षेत्रमासमेत सक्रिय छन् । उनले दलको सदस्यता लिएका छैनन् । मुख्यमन्त्री राई पनि भोजपुरकै हुन् ।

मुख्यमन्त्री राईले यसअघि नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेललाई प्रेस र नेकपा एसका नेता जीवन राईलाई राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?