+
+

दलिततर्फ केन्द्रीय सदस्यमा ९ मध्ये ८ देउवा समूहका विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते ८:२४

८ पुस काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मत भने अझै सार्वजनिक गरेको छैन ।

खुला केन्द्रीय सदस्यमा मानबहादुर नेपाली, प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल बाल्मीकी निर्वाचित भएका छन् । स्नेहीबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् । त्यस्तै खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित सबै नयाँ अनुहार हुन् ।

दलिततर्फ चार महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् । शान्ति र रुपा केन्द्रीय सदस्यमा नयाँ अनुहार हुन् । महिलातर्फ निर्वाचित चारै जना संस्थापन समूहका उम्मेदवार हुन् ।

मंसिर २४-२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन समितिका अनुसार अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?