+
+

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते ११:४०

८ पुस, काठमाडौं । राप्रपाको महाधिवेशनको लगत्तै बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकको निर्णय अनुसार आजदेखि प्रदेश स्तरीय विस्तारित बैठक शुरु हुँदैछ ।

पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आज लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने भएको छ भने पुस १२ गते गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा हुने भएको छ । अन्य प्रदेशको छिट्टै मिति घोषणा हुने र पुस महिनामा विस्तारित बैठक गरिसक्ने पार्टीको योजना रहेको नेता श्रेष्ठले बताएका छन् ।

आज दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, महामन्त्रीद्वय डा.धवल शमशेर राणा, भुवन पाठकलगायतका नेताहरू सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?