+
+

कोरोना संक्रमण बढ्न थालेपछि चीनको सियान शहरमा लकडाउन

कोभिड-१९ का संक्रमित बढ्न थालेपछि उत्तरी चीनको एक शहरमा बिहीबारदेखि लकडाउन गरिएको छ । लकडाउनपछि विशेष परिस्थितिमा बाहेक मानिसहरू शहरबाट अन्य जान नपाउने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १२:०४

८ पुस, काठमाडौं। कोभिड-१९ का संक्रमित बढ्न थालेपछि उत्तरी चीनको एक शहरमा बिहीबारदेखि लकडाउन गरिएको छ । लकडाउनपछि विशेष परिस्थितिमा बाहेक मानिसहरू शहरबाट अन्य जान नपाउने भएका छन् ।

डेल्टा भेरियन्टका कारण संक्रमण बढेपछि सियान शहरका अधिकारीहरू लकडाउन गर्न बाध्य भएका हुन् । अधिकारीहरूले सियान शहरका १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरभित्रै बस्न भनेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

बिहीबारदेखि हरेक परिवारका एक जना सदस्य २ दिन बिराएर अत्यावश्यक सामान किन्न बाहिर जान पाउने छन् । परिवारका अन्य सदस्य अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् ।

त्यस्तै, सियान विमानस्थलबाट हुने कैयौं उडान रद्द गरिएको छ भने अत्यावश्यक बाहेकका व्यावसाय बन्द भएका छन् । कर्मचारीलाई समेत घरबाटै काम गर्न भनिएको छ ।

सियानमा हाल डेल्टा भेरियन्टको प्रकोप बढेको अधिकारीहरूको भनाइ छ । तर उक्त शहरमा हालसम्म नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित फेला परेका छैनन् ।

बुधबार चीनभर ७१ जना नयाँ संक्रमित थपिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । संक्रमितमध्ये ६३ जना सियान शहरका छन् । तर कुनै संक्रमितको मृत्यु नभएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

चीनमा हालसम्म कुल १ लाख ६४४ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने मृत्यु हुने संक्रमितको संख्या ४ हजार ६३६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?