+
+

अमेरिकामा फाइजरको कोभिड पिलले अनुमति पायो, घरमै खान सकिने

अमेरिकामा फाइजरको कोभिड पिलले प्रयोगको अनुमति पाएको छ । बुधबार अमेरिकाको स्वास्थ्य नियामकले फाइजरको कोभिड पिललाई अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १२:२२

८ पुस, काठमाडौं । अमेरिकामा फाइजरको कोभिड पिलले प्रयोगको अनुमति पाएको छ । बुधबार अमेरिकाको स्वास्थ्य नियामकले फाइजरको कोभिड पिललाई अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड संक्रमित भएका वयस्क र १२ वर्षमाथिका बालबालिकाको हकमा फाइजरको पिल प्रयोग गर्न अनुमति दिएको हो । त्यस्तै, सुरुमै  अस्पताल जानु पर्ने लक्षण देखिने कोभिड संक्रमितले समेत घरमै पिल प्रयोग गर्न सक्ने छन् ।

मोटोपना र मुटुसम्बन्धी समस्या भएका वयस्कले पनि फाइजरको कोभिड पिल प्रयोग गर्न सक्नेछन् । तर मिर्गौला वा कलेजोको गम्भीर समस्या भएका मानिसले भने पिल प्रयोग गर्न पाउने छैनन् । साथै,  पिल प्रयोगका लागि १२ वर्षमाथिका बालबालिकाको तौल कम्तिमा ४० किलो हुनु पर्नेछ ।

फाइजरको कोभिड पिलले प्रयोगको अनुमति पाएसँगै मानिसले घरमै पिल सेवन गरेर कोरोना भाइरसको अति खराब असर रोक्न सक्ने समाचारमा उल्लेख छ । ‘प्याक्सलोभिड’ नामक फाइजरको पिल कोभिड-१९ को प्रारम्भिक संक्रमण चाँडो उपचार गर्ने औषधि हो । तर सुरुमा सीमित मात्रामा मात्रै वितरण गरिने छ ।

औषधि निर्माता कम्पनी  मर्कले उत्पादन गरेको एन्टिभाइरल कोभिड पिलले समेत चाँडै नै प्रयोगको अनुमति पाउने अपेक्षा गरिएको छ । तर सेवनपछि सामान्य साइड इफेक्ट देखिने र उच्च प्रभावकारिताका कारण फाइजरको पिल नै मानिसको रोजाइमा पर्ने लगभग निश्चित छ ।

गम्भीर अवस्थामा पुग्न सक्ने कोभिड संक्रमितले प्याक्सलोभिड पिल खाएपछि अस्पताल भर्ना र मृत्यु हुने संभावना ९० प्रतिशतले घट्ने परीक्षणबाट पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?