+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

माओवादी केन्द्रले अझै टुंग्याउन सकेन पदाधिकारी संख्या

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १२:४३
माओवादी केन्द्रका नेता देव गुरुङ

८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन ।

पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, निष्कर्षमा नपुगेको संयोजक गुरुङले बताए ।

माओवादीको अन्तरिम विधान २०७८ अनुसार केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव गरी पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर प्रदेशमा नौ सदस्यीय र स्थानीय तहमा सात सदस्यीय पदाधिकारी रहेकाले केन्द्रीय समितिमा पनि पदाधिकारी संख्या बढाउनुपर्ने मत माओवादीभित्र छ ।

केन्द्रमा पनि पदाधिकारी संख्या बढाएर ९ वा ११ सदस्यीय बनाउन कसरत भइरहेको नेताहरु बताउँछन् । नेताहरूका अनुसार स्थानीय तह र प्रदेश समितिमा भन्दा केन्द्रमा पदाधिकारीको संख्या बढाउने तयारी छ ।

आफूहरूले आवश्यकताअनुसार विकल्पसहित स्थायी समितिमा सुझाव दिने र त्यससउपर निर्णय गर्ने अधिकार स्थायी समितिलाई नै हुने संयोजक गुरुङले बताए ।

‘राष्ट्रिय सम्मेलनमा अन्तरिम विधान परिवर्तन हुन सक्छ । तर, पदाधिकारी संख्या यति नै बनाउने भनेर नयाँ केही टुंगो लागेको छैन’ गुरुङले अनलाइनखबरसँग भने, ‘विधानत अहिले पनि पाँच सदस्यीय हुन्छ भन्ने नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?