+
+

आईएमईले ल्यायो अंग्रेजी नयाँ वर्ष लक्षित उपहार योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १७:४७

काठमाडौं । आईएमईले अंग्रेजी नयाँ वर्ष एवं क्रिसमस पर्वलाई लक्षित गरी उपहार योजना ल्याएको छ । ‘नयाँ वर्षको उपहार, जितौं हजारौं हजार’ भन्ने मुल नाराका साथ सेवाग्राहीलाई लक्षित गरी उपहार योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

योजना अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत ४ देशहरुवाट ४ जना साप्ताहिक विजेता छनोट गरिने छ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. १० हजार उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिने छन् । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आईएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउनेछन् । उक्त योजना ८ पुसदेखि २१ माघसम्म गरी जम्मा ४३ दिन कायम हुनेछ ।

विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक सञ्जाल र वेभ पेजहरूमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?