+
+

खस आर्यतर्फ ७ केन्द्रीय सदस्यमा ६ जना देउवा पक्षका निर्वाचित

खसआर्यतर्को खुला ७ पदमा केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित भएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १८:४४

८ पुस काठमाडौं । नेपाली कांग्रेसको खस आर्यतर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

बिहीबार साँझ सम्पन्न मतगणना अनुसार खसआर्य खुलातर्फ ७ खुला पदका लागि भएको निर्वाचनमा केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित भएका छन् ।

निर्वाचित हुने केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् । त्यस्तै खसआर्य महिलातर्फ ६ जनाका लागि भएको निर्वाचनमा मञ्जु खाण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।

गौतम संस्थापन इतर समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् भने बाँकी पाँच जना संस्थापन समूहबाट विजयी भएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गर्न केही समय लाग्ने जनाएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२७ सम्म भएको थियो । १३४ पदका लागि भएको निर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?