+
+

यू १९ एसिया कप : बंगलादेशले नेपाललाई दियाे २९८ रनकाे लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १६:३२

९ पुस, काठमाडौं । युएईमा भइरहेकाे एसीसी यू-१९ एसिया कपमा टेस्ट राष्ट्र बंगालदेशले नेपाललाई जितका लागि २९८ रनको लक्ष्य दिएको छ ।

सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ४ विकेट गुमाएर २९७ रन बनाएकाे थियाे ।
बंगलादेशका लागि प्रान्तिक नबिलले अविजित रहँदै सर्वाधिक १२७ रन बनाए । रिटायर्ड हर्ट भएका मोहमद फाहिमले ५८ रन जाेडे ।

यस्तै एच मोल्लहले २२, मेहरुब हसन र इफ्ताकर होसेनले २१/२१ रन जोड्दा महफिजुल इस्लामले १७ रन बनाए ।

नेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?