
१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफूले हारेर पनि जितेको बताएका छन् ।
शनिबार भएको कोइराला सेवा समाजको २६ औं बार्षिक साधारण सभामा उनले आफू पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरेको बताए । आफूले सभापतिमा चुनाव हारेपनि आफ्नो एजेण्डा जितेको भन्दै कोइरालाले भने, ‘कहिलेकाहीँ हारेर पनि जितिँदोरहेछ । मैले हारेर पनि जितेको छु, मेरो एजेण्डाले जितेको छ । त्यसमा मलाई गर्व छ ।’
निर्वाचनमा हार जित हुनु स्वाभाविक भएको, तर हारबाट सिक्नुपर्ने उनले बताए । आफूले पनि सिकेको भन्दै कोइरालाले भने, ‘परिवार एक ठाउँमा उभिन्छ भने त्यो परिवारले राष्ट्रका निम्ति केही न केही गर्न सक्छ भन्ने सत्य जस्तै लाग्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4