+
+

माओवादी नेता पुन राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नसक्ने

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आइतबार शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी नहुने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १८:४८

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आइतबार शुरु हुने पार्टीको *राष्ट्रिय महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

पुनको हाल चीनमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या भएपछि थाइल्याण्ड गएका उनी थप उपचारका लागि चीन पुगेका थिए ।

स्वास्थ्यमा सुधार आएकाले उनी महाधिवेशनका लागि नेपाल आउन चाहेका थिए । तर उपचारका क्रममा भएको परीक्षणहरुको रिपोर्ट हेर्दा तत्काल नआउने निर्णयमा पुगेको पारिवारिक स्रोतले बताएको छ ।

(*माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेकाले सच्याइएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?