+
+

सुडान सरकारले इन्टरनेट सेवामा रोक लगायो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते ७:२९

११ पुस, काठमाडौं । सुडान सरकारले राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक लगाएको छ । नागरिक शासन बहाल गर्न माग गर्नेहरुले ठूलो प्रदर्शनको तयारी गरेलगत्तै सरकारले राजधानीमा इन्टरनेट सेवा बन्द गराएको हो ।

ठूलो विरोध प्रदर्शनको तयारीको क्रममा मानिसहरुलाई भेला पार्न वेबसाइट र ऐपहरुको प्रयोग बढेको छ । त्यसैले सरकारले त्यसलाई रोक्ने उद्देश्यले इन्टरनेटमा रोक लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

इन्टरनेट सेवा दिने एक कम्पनीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै दूरसञ्चार सेवा नियन्त्रण गर्ने सुडानको नेशनटल टेलिकम कर्पोरेशनको निर्णयपछि इन्टरनेट सेवा ठप्प भएको छ ।

मिडिया रिपोर्टका अनुसार सरकारले धेरै पुलहरु पनि बन्द गराएको छ । साथै प्रदर्शनकारीलाई कुनै गडबडी नगर्न चेतावनी दिइएको छ ।

यसअघि विरोध प्रदर्शन गर्नेहरुले २५ अक्टुबरमा भएको सत्ता पलटको ठिक दुई महिना अर्थात् २५ डिसेम्बरपछि अभियानलाई तीव्र बनाउने घोषणा गरेका थिए ।

आयोजकले सबैलाई सडकमा उत्रिन अपिल गरेको थियो । प्रदर्शनकारीहरुले नागरिकको शासन बहाल गर्न माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?