+
+

दिवाकरले घोषणा गरे ‘हनी बनी’, ६ करोडको बजेट हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १२:२२

११ पुस, काठमाडौं । चलचित्र ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरेर चर्चामा आएका निर्देशक दिवाकर भट्टराईले नयाँ चलचित्र ‘हनी बनी’ घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालबाट उनले लभस्टोरी चलचित्र निर्देशन गर्न लागेको जानकारी दिएका हुन् ।

उनका अनुसार यो चलचित्रलाई ६ करोड रुपैयाँको बजेटमा निर्माण गरिनेछ । चलचित्रमा स्टार भन्दा पनि पात्र देखिने उनको भनाइ छ ।

एबी इन्टरनेशनलले यो चलचित्र निर्माणमा दिवाकरसँग सहकार्य गर्नेछ । यो चलचित्रको छायांकन बेलायतमा हुनेछ ।

दिवाकरका अनुसार चलचित्रमा दुई जना ‘पावरफूल’ पात्र छन् । ती पात्रको खोजी आफूले गरिरहेको उनले बताए । लण्डनमा बसोबास गर्दै आएका दुई जना व्यक्तिको कथामा चलचित्र बन्ने उनले जानकारी दिए ।

दिवाकरले चलचित्र ‘तिमीसँगै हुने मन छ’को घोषणा गरेको पनि लामो समय भयो । उनी यी दुवै चलचित्रको छायांकन एकपछि अर्को रुपमा गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?