+
+

पश्चिम नवलपरासीमा ४ पैदलयात्रीलाई बसले ठक्कर दियो, एक जनाको मृत्यु

पश्चिम नवलपरासीमा पैदल हिंडिरहेका चार जनालाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १२:३८
रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेग्मी

११ पुस, बुटवल । पश्चिम नवलपरासीमा पैदल हिंडिरहेका चार जनालाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो । बसको ठक्करबाट रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेश्मीमगरको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रेश्मी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती हुन् ।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

उदयपुरमा टिप्परको ठक्करले मोटरसाइकल चालकको मृत्यु

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा आइतरबार बिहान टिपरसँग ठोक्किदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका १ जोगिदहका २६ वर्षीय गंगाराम चौधरीको मृत्यु भएको छ ।

सुन्दरपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ३८९६ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा स १० प ८७९८ नम्बरको मोटरसाइकल आज बिहान ९ बजे सोही टिपरमा ठोकिएको थियो । दुर्घटनामा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना घाइते भएकी मोटरसाइकलमा पछाडि सवार २५ वर्षीया संगिता चौधरीलाई उपचारका लागि फत्तेपुर अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?