+
+

विश्वभर करीब ६ हजार हवाई उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १३:२४

११ पुस, काठमाडौं । तीन दिनको अवधिमा विश्वभर करीब ६ हजार हवाई उडान रद्द गरिएको छ ।

उडान ट्रयाकिङ गर्दै आएको ‘फ्लाइट अवेअर डटकम’ नामक वेबसाइटका अनुसार बढ्दो ओमिक्रोन संक्रमणबीच शुक्रबारदेखि आइतबारसम्म विश्वभर झण्डै ६ हजार हवाई उडान रद्द गरिएको हो । हजारौं उडानमा ढिलाई भएको पनि उक्त सेभसाइटमा उल्लेख छ ।

शुक्रबार झण्डै दुई हजार ४०० उडान रद्द गरिएको थियो भने ११ हजार उडानमा ढिलाई भएको थियो । त्यस्तै, शनिबार विश्वभर झण्डै दुई हजार ८०० उडान रद्द गरिएको थियो ।

आइतबार एक हजार ५०० भन्दा बढी उडान रद्द भएको वेबसाइटलाई उदृत गर्दै बीबीसीले जनाएको छ । उडान रद्द गर्दा चिनियाँ र अमेरिकी वायु सेवा कम्पनी सबैभन्दा बढी प्रभावित भएका छन् । रद्द गरिएका उडानमध्ये सबैभन्दा धेरै अमेरिकी वायु सेवा कम्पनी डेल्टा, युनाइटेड र जेटब्ल्यूका छन् ।

क्रिसमस र नयाँ वर्षका क्रममा विश्वभर यात्रुको संख्या उच्च बिन्दुमा पुग्छ । तर, लुफथान्सा, डेल्टा, युनाइटेड एयरलाइन्स, जेटब्ल्यू, अलास्का एयरलाइन्ससहित कैयौं वायु सेवाले पिक आवरुमा उडान रद्द गरेका छन् ।

कोभिड संक्रमित वायु सेवाका कर्मचारीहरू सेल्फ आइसोलेशनमा बस्दा उडान रद्द गर्नुपर्ने अवस्था आएको हो । सोमबारसमेत थप उडान रद्द हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?