+
+

गुगल र फेसबुकमाथि रुसमा १३ अर्ब रुपैयाँ जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १३:३५

रुसको राजधानी मस्कोस्थित एक अदालतले गुगलको मातृ कम्पनी अल्फाबेटमाथि ९ करोड ८० लाख डलर जरिवाना गरेको छ । रुसले गैरुकानूनी बनेका सामग्रीहरू हटाउन बारम्बार असमर्थ भएको भन्दै रुसी अदालतले अल्फाबेटमाथि ७ अर्ब २० करोड रुबल्स जरिवानाको फैसला गरेको छ । योसँगै अल्फाबेटले रुसमा पहिलोपटक ठूलो आर्थिक जरिवानाको सामना गर्नुपरेको छ ।

शुक्रबार नै सोही अदालतले फेसबुकको मातृ कम्पनी मेटाका प्लाटर्फहरूमाथि दुई करोड ७१ लाख डलर अर्थात् दुई अर्ब रुबल्स जरिवानाको फैसला गरेको छ । गैरकानूनी सामग्रीहरु नहटाएको भन्दै मेटामाथि रुसी अदालतले जरिवाना गरेको छ ।

रुसको सञ्चार वाचडग संस्था रक्कोम्नाडजोरका अनुसार फेसबुक र इन्स्टाग्रामले रुसी कानूनी उल्लंघन गर्ने दुई हजारवटा सामग्रीलाई नहटाएको र गुगलले रुसमा प्रतिबन्धित दुई हजार ६०० वटा सामग्रीहरुलाई नहटाएको आधारमा उनीहरुमाथि जरिवाना भएको हो ।

यो वर्ष मस्कोले ठूला प्रविधि कम्पनीहरूमाथि दबाब बढाएको छ । इन्टरनेटमा कडा नियन्त्रण कायम गर्ने प्रयास स्वरुप रुसले विश्वस्तरीय प्रविधि कम्पनीहरूमाथिको दबाबमा वृद्धि गरेको र यसले व्यक्तिगत तथा व्यावसायिक स्वतन्त्रतालाई खतरामा पारेको आलोचकहरूको विश्लेषण छ ।

जरिवाना गर्ने अदालतको फैसलाको विषयमा अध्ययन गरेर थप कदम चाल्ने गुगगलले जनाएको छ भने फेसबुकले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

रुस सरकारले विभिन्न विदेशी कम्पनीहरूलाई वर्षभर नै स-सानो परिमाणमा आर्थिक जरिवाना गर्ने गरेको भए पनि रुसमा गरेको कुल कारोबारको आधारमा कुनै पनि कम्पनीलाई जरिवाना गरेको चाहिँ यो पहिलोपटक हो । गुगललाई लगाइएको जरिवाना उसले रुसमा गर्ने वार्षिक कारोबारको ८ प्रतिशत भएको बताइएको छ ।

लागूऔषध प्रयोगलाई प्रवर्द्धन गर्ने, खतरनाक विगतलाई प्रदर्शन गर्ने, घरेलु हतियार तथा विस्फोटकको बारेमा जानकारी दिने तथा अतिवादी र आतंककारी समूहका सामग्रीहरु अनलाइन प्लाटर्फमबाट हटाउन रुसले कम्पनीहरूलाई आदेश दिएको छ ।

रुसले मेटा तथा गुगललगायतका कम्पनीलाई आगामी जनवरी एकदेखि रुसमा कार्यालय स्थापना नगरेमा प्रतिबन्ध लगाइने पनि चेतावनी दिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?