+
+

रंगभेदविरोधी अभियन्ता डेसमण्ड टुटुको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १३:५९

११ पुस, काठमाडौं। दक्षिण अफ्रिकाका चर्चित रंगभेदविरोधी अभियन्ता डेसमण्ड टुटको निधन भएको छ । ९० वर्षको उमेरमा टुटुको निधन भएको बीबीसीले जनाएको हो।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले एक वक्तव्य जारी गर्दै टुटुको निधन भएको पुष्टि गरेका हुन् ।

स्वतन्त्र दक्षिण अफ्रिका दिलाउने महत्वपूर्ण पुस्तालाई गुमाउनु पर्दा सारा मुलुक स्तब्ध भएको रामाफोसाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका टुटुलाई १९८४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

रंगभेदी शासन अन्त्यमा महत्वपूर्ण योगदान गरेको भन्दै उनलाई सो पुरस्कारबाट सम्मानित गरिएको थियो ।

दक्षिण अफ्रिकाको एंग्लिकन चर्चका प्रमुख (बिशप) समेत बनेका टुटले विभिन्न किताब समेत लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?