+
+

बिहारको चाउचाउ उद्योगमा विस्फोट हुँदा कम्तिमा ६ मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १४:२२

११ पुस, काठमाडौं । भारतको बिहारस्थित एक चाउचाउ उद्योगमा विस्फोट हुँदा कम्तिमा ६ जना मजदुरको ज्यान गएको छ ।

आइतबार बिहारको मुजफ्फरपुरस्थित एक चाउचाउ उद्योगमा बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।

विस्फोटमा परी कम्तिमा ६ जना मजदुरको मृत्यु भएको र दर्जन बढी घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

विस्फोट निकै ठूलो भएका कारण ५ किलोमिटरसम्म आवाज सुनिएको थियो । विस्फोटलगत्तै लागेको आगो नियन्त्रण गर्न ५ वटा दमकल परिचालन गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । विस्फोटका कारण नजिकैका संरचनामा समेत क्षति पुगेको समाचारमा उल्लेख छ ।

हाल चाउचाउ उद्योगमा उद्दार कार्य जारी रहेको छ । घटनाबारे पूर्ण विवरण आइनसकेका कारण मृतकको संख्या बढ्न सक्ने अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?