+
+

गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टको सफल परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १८:०७

११ पुस, जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टको सफल परीक्षण भएको छ ।

संघीय सरकारको सहयोगमा यो अस्पतालभित्र स्थापना गरिएको अक्सिजन प्लान्टको परीक्षण सफल भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झाले जानकारी दिए ।

अब यही अक्सिजन उत्पादन हुने र बाहिरबाट ल्याउनुपर्ने झन्झटबाट मुक्ति मिलेको र यो प्लान्टबाट दैनिक २८० देखि २९० वटा सिलिण्डर अक्सिजन भर्न सकिने उनले बताए ।

परीक्षण भइसकेको प्लान्ट तीन दिनभित्रै सञ्चालनमा ल्याइने गरी तयारी गरिएको डा. झाले बताए । यसअघि अस्पतालमा १५ वटा भेन्टिलेटरसहितको १५ शय्याको आईसीयू र चारवटा भेन्टिलेटर भएको एनआईसीयू सञ्चालनका लागि तयारी भइसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?