+
+

प्रदेशस्तरीय आईटीएफ तेक्वान्दोमा दाङ च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १९:२१

११ पुस, दाङ । लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगितामा दाङ च्याम्पियन बनेको छ ।

प्रतियोगितामा दाङले १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी २० पदक प्राप्त गरेको छ । त्यसैगरी ९ स्वर्ण, ५ रजत र ६ काश्य गरी २० पदक जित्दै प्रतियोगिता बाँके दोस्रो बनेको छ ।

२ स्वर्ण, २ रजत र ६ कांस्य गरी १० पदक जित्दै गुल्मी जिल्ला तेस्रो बनेको छ ।

प्रतियोगितामा बर्दियाले १ स्वर्ण, ५ रजत र ७ कांस्य गरी १३ पदक, प्युठानले १ स्वर्ण, ३ रजत र ७ कांस्य गरी ११ पदक, अर्घाखाँचीले ३ रजत र १० कांस्य गरी १३ र कपिलवस्तुले ३ रजत र १० कांस्य गरी १२ पदक जितेका छन् ।

दुई दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फ दाङकी आयुष्मा गिरी र पुरुषतर्फ बाँकेका सोनु केवत उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

आयुष्मा गिरी ११ औं राष्ट्रिय जुनियर प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी छन् । उक्त प्रतियोगितामा दाङलाई आयुष्मा गिरी, बिजय बुढामगर, सन्तोष बुढामगर, पवन वली, अनिसा घिमिरे,सरिता नेपाली, अर्जुन नेपाली, सुरज बुढामगर, सञ्चीता पुन, संगीता खत्री, दिपिका गिरी र सृष्टि योगीले स्वर्ण पदक जिते ।

घोराही उपमहानगरपालिका–१४ कवर्ड हलमा भएको प्रतियोगितामा प्रदेशका २ सय ८० भन्दा बढी खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?