+
+

आयोगको स्थापना दिवसमा निबन्ध प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १३:१०

१२ पुस, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१औं स्थापना दिवसको अवसरमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ ।

आगामी माघ २८ गते आयोगको ३१औं स्थापना दिवसको अवसरमा ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक निबन्ध लेखन प्रतियोगिता आयोग मातहतका सातवटा कार्यलयहरूमार्फत् हुने आयोगले जनाएको छ ।

आयोगले सूचना सार्वजनिक गर्दै इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत, कञ्चनपुरमार्फत् प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । आयोगले प्रतियोगितामा सहभागिताका लागि अनुरोध गरेको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई आयोगको स्थापना दिवसको दिनको काठमाडौं आयोजना गरिने कार्यक्रममा पुरस्कृत गरिने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?