+
+

निर्वाचनसम्बन्धी विवादमा मुछिएपछि सोमालियाका प्रधानमन्त्री निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १३:५७

१२ पुस, काठमाडौं। सोमालियाका राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले सोमबार प्रधानमन्त्री मोहमद हुसैन रोब्लेलाई निलम्बन गरिएको घोषणा गरेका छन् ।

संकटग्रस्त मुलुक सोमालियामा लामो समयसम्म रोकिएको निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा दुई नेताबीच विवाद भएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई निलम्बन गरेको राष्ट्रपतिको कार्यालयका एक अधिकारीले बताए ।

‘राष्ट्रपतिले प्रधानमन्त्री मोहमद हुसेन रोब्लेलाई निलम्बन गर्ने र आफूले भ्रष्टाचार गरेको ठहरिएमा पदमा नरहने बताउनुभएको छ,’ राष्ट्रपतिको कार्यालयले एक वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्रीलाई जमिन ओगट्ने एक मुद्दाको छानबिनमा हस्तक्षेप गरेको र निर्वाचन प्रक्रियालाई लम्ब्याएको आरोप लगाउँदै निलम्बन गरिएको घोषणा गरिएको छ ।

फार्माजो भनेर चिनिने राष्ट्रपति मोहम्मद र प्रधानमन्त्री रोब्लेबीच लामो समयदेखि सत्ता सञ्चालनका विषयलाई लिएर सम्बन्ध बिग्रिएको थियो । पछिल्लो घटनाक्रमले सोमालियाको राजनीतिक स्थिरतासहज नहुने नयाँ डर उत्पन्न गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको विवाद र प्रधानमन्त्रीको निलम्बनले सोमालियामा तत्काल निर्वाचन नहुने हो कि भन्ने चिन्ता थपिएको छ ।

आइतबार रोब्लेले राष्ट्रपतिले निर्वाचन प्रक्रिया तोडफोड गरेको आरोप लगाए । सोमबारको निलम्बन घोषणाप्रति कुनै प्रतिक्रिया नदिए पनि रोब्लेले भने, ‘फार्माजोले स्वस्थ तथा विश्वसनीय निर्वाचन गर्न नचाहेको देखियो ।’

गत अप्रिलमा फार्माजोले नयाँ निर्वाचन नगरी आफ्नो कार्यकाल लम्ब्याएपछि सरकार समर्थक तथा विपक्षी लडाकूहरूले मोगादिशुको सडकमा प्रदर्शनहरू गरेका थिए भने झडपमा परी दर्जनौंको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?