+
+

फेसबुक बन्यो वर्षकै खराब कम्पनी, माइक्रोसफ्ट सबैभन्दा उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १४:०५

सोसल मिडिया साइट फेसबुकको मातृ कम्पनी मेटा सन् २०२१ को सबैभन्दा खराब कम्पनी बनेको छ ।

याहू फाइनान्सले सार्वजनिक गरेको यो वर्षका खराब कम्पनीहरूको सूचीमा मेटा सर्वाधिक खराब कम्पनीको शीर्षस्थानमा रहेको हो ।

हरेक वर्षझैं याहू फाइनान्सले यो पटक पनि संसारका उत्कृष्ट र खराब कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । जस अनुसार माइक्रोसफ्ट २ ट्रिलियन डलर मूल्यसँगै सबैभन्दा उत्कृष्ट कम्पनी बनेको छ ।

रिपोर्ट अनुसार सन् २०२१ मा विभिन्न कम्पनीहरूको प्रदर्शन खराब रह्यो । त्यसमध्ये फेसबुकको पर्फमेन्स यतिधेरै खराब भयो कि उसले आफ्नो नाम समेत बदल्नु पर्‍यो ।
डाटा प्राइभेसीका विषयमा फेसबुकले ठूलै बदनामी खेप्नुपर्‍यो जसका कारण कम्पनीको रेटिंग पनि खराब भएको छ ।

सबैभन्दा खराब कम्पनीको रुपमा फेसबुकले ५० प्रतिशत भन्दा धेरै भोट प्राप्त गरेको रिपोर्टमा उल्लेख छ । याहु फाइनान्सको सहयोगमा सर्भे मंकीले गरेको अध्ययनका क्रममा गत डिसेम्बर ४ र ५ मा सर्भेक्षण गरिएको थियो । जस अनुसार याहू फाइनान्सको होमपेजमा १५ सय ४१ जनाले भोट गरेका थिए ।

फेसबुक किन बन्यो सबैभन्दा खराब कम्पनी

मेटा (फेसबुक) लामो समयदेखि एन्टीट्रस्ट नियामक निकायहरूको तारो बनिरहेको छ । यसको प्रमुख कारण हो समय समयमा कुनै न कुनै डाटा लिकका काण्डमा फेसबुकको नाम जोडिनु । फेसबुकमा प्रयोगकर्ताको प्राइभेसीलाई लिएर विभिन्न देशमा मुद्दा चलिरहेको छ । फेसबुकमाथि गलत सूचनालाई बढावा दिएको आरोप पनि लागेको छ ।

इन्स्टाग्रामलाई लिएर पनि मेटाकाविरुद्ध विभिन्न मुद्दा परेका छन् । सर्भेक्षणमा सहभागी ३० प्रतिशत मानिसहरूले डाटा लिक गर्ने काण्डमा फेसबुक जरिवाना दिएर बँच्नसक्ने आशंका व्यक्त गरेका छन् । फेसबुकले धेरै कुरा बुझेको र आगामी दिनको प्रभावबाट बँच्नका लागि आफैंलाई रिब्राण्ड गरेको आम मानिसको भनाइ छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?