+
+

स्थानीय तह निर्वाचनबारे गृहमन्त्रीले गरे सरोकारवालासँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १८:२०
Photo Credit : मधुसुधन भट्टराई/गृहमन्त्रीको सचिवालय

१२ पुस, काठमाडौं । गृह मन्त्रालयमा सोमबार स्थानीय तह निर्वाचन अघि आइपर्नसक्ने सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव, रक्षा सचिव, अर्थसचिव, संघीय मामला तथा सामान्य प्रशासन सचिव, परराष्ट्रसचिव भरत शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा लगायतको उपस्थितिमा स्थानीय तह निर्वाचनका सम्बन्धमा छलफल भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सुरक्षा सरोकार र आवश्यक पर्ने स्रोत साधनबारे छलफल भएको छ।

‘आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गरिने सुरक्षा व्यवस्था र आउँदै गरेको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भयो,’ प्रवक्ता कोइरालाले भने ।

बैठकमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्ने कि दुई पटक गरेर गर्ने भन्ने विषयमा पनि छलफल भएको उनले बताए । गृहमन्त्रीले र सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनमा मतदाता र मत पेटिकाको सुरक्षाबारे धारणा राखेका थिए ।

अर्थसचिव मरासीनीले निर्वाचनका लागि आवश्यक पर्ने बजेट र सरकारसँग रहेको बजेटबारे जानकारी गराएका थिए। संघीय मामलामन्त्री श्रेष्ठ र सचिव अधिकारीले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी र मन्त्रालयका तर्फबाट उपलब्ध गराउन सकिने कर्मचारीबारे छलफलमा धारणा राखेका थिए ।

आइतबार १२ माघमा हुन गइरहेको राष्ट्रिय सभाका १९ पदको निर्वाचनमा सुरक्षाबारे गृहमन्त्री खाणले सुरक्षा समितिको बैठकमा छलफल गरेका थिए । सोमबार आउँदै गरेको स्थानीय तहको निर्वाचनबारे सरोकारवाला मन्त्रालयसँग छलफल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?