+
+

सर्लाहीमा प्रहरीको गाडीमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १९:१२

१२ पुस, जनकपुरधाम। व्यवसायीको मृत्युको विषयलाई लिएर विरोधमा उत्रिएको समूहले सर्लाहीमा प्रहरीको गाडी जलाएका छन् ।

प्रदर्शनकारीले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा रहेको बा.१ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जीपमा आगजनी गरेका हुन् । आगलागीबाट गाडीको अधिकांश भाग जलेको छ ।

प्रदर्शनकारीले गाडीमा आगजनी गरेपछि प्रहरीले उनीहरुलाई लखेट्न केही राउन्ड अश्रुग्याँस फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार गाडीमा आगजनीबाट झन्डै ५ लाख बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका-७ मा ठक्कर दिँदा ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका-५ का व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो ।

प्रहरीले भने महतोले चलाइरहेको मोटरसाइकल ट्रकलाई ओभरटेक गर्ने क्रममा आफैं प्रहरीको भ्यानमा ठोक्किएको जनाएको छ । प्रदर्शनकारीहरुले रातको समयमा भएको घटना प्रहरीले लुकाएको आरोप लगाउँदै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?