+
+

फर्पिङ नाकाबाट लागूऔषधसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १९:३३

१२ पुस, काठमाडौं । काठमाडौंको दक्षिणी नाका फर्पिङबाट लागूऔषधसहित एकजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार रौतहटको चपुरबाट काठमाडौं आउँदै गरेका उनको साथबाट डाइजेपाम ५८८ एम्पुल, नुफिन ५८४ एम्पुल र फेनरागन ५८५ एम्पुल बरामद गरिएको हो ।

कोल्हबी नगरपालिका-५ बाराका ५१ वर्षीय टेकबहादुर थापालाई विभिन्न लागूऔषधसहित फर्पिङ नाकाबाट पक्राउ परिएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए ।

प्रहरीका अनुसार ना १ ज ३९३६ नं. को जीपमा उक्त लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?