
काठमाडौं । सनराइज बैंक लिमिटेडले देशका विभिन्न ३ स्थानमा शाखारहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकिङ सेवा नपुगका ठाउँमा अत्याधुनिक बैकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ ।
बैंकले २३ मंसिरमा सुनसरीको दुहबी नगरपालिका–८ जुटमिल चोकका ८१ औं शाखारहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकले २९ मंसिरमा कैलालीको भजनी नगरपालिका–४ खैलाडमा ८२ औं र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडियामा आइतबार ८३ औं शाखारहित बैकिङ सेवा शुरु गरेको छ ।
शाखारहित बैकिङ सेवा विस्तार भएसँगै निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4